लवदेव धामी
धनगढी,८ पौष / आईतबार धनगढीमा भएको अधिवेशनबाट राष्ट्रिय कृषक समूह महासंघ नेपाले सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । पूनः नयाँ कार्यकालको लागि अध्यक्षमा प्रकाश बहादुर थापा दोहोरीएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको एक कार्यकाल समहालि सकेका थापा पुनः सर्वसहमतिमा अध्यक्षमा मनोनित भएका हुन । यस्तै कार्यसमितिको उपाध्यक्षमा रञ्जु भट्ट , सचिवमा धिरेन्द्र बहादुर कुवँर, सह सचिवमा टिका नेपाली , कोषाध्यक्षमा लक्ष्मी गुरुङ र थप ८ सदस्यी कार्यसमिति निर्माण गरिएको राष्ट्रिय कृषक समूह महासंघ नेपाले सुदूरपश्चिम प्रदेशका निर्वतमान सचिव पुर्ण सिंह साउदले बताए ।
यस्तै अधिवेशनबाट तीन जनाको लेखा समिति र केन्द्रका लागि आठ जना प्रतिनिधिहरु समेत छनोट गरिएका थिए ।