धनगढी, ५ पुस/सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस” का बिरुद्ध धनगढीका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका छन् । धनगढीका वडा अध्यक्षहरु बिरुद्ध फेसबुकमा असभ्य शब्द लेख्ने बिरुद्ध जिल्ला प्रशासनका मौखिक उजुरी दिएको वडा नम्बर ९का वडा अध्यक्ष प्रेम भण्डारीले जानकारी दिएका छन् ।
धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस” ले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको माग हित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई तथानाम लेखेको वडा अध्यक्षहरुको आरोप छ ।
यस्तो थियो स्टाटस

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वडा अध्यक्षहरु मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस”ले फेसबुकमा वडा अध्यक्षको बारेमा लेखेको स्कृनसट समेत प्रशासनमा पुगेको बताए । कैलालीका प्रहरी प्रवत्ता डिएसपी कुलदिप चन्दले वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको स्कृनसट तोकादेश सहित प्रहरी कार्यालय पुगेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नं १३का वडा अध्यक्ष बिजय जोशीले वडा अध्यक्षहरु सामाजिक सञ्जालमा तथानाम लेखेको स्कृनसट प्रशासनलाई बुझाएको बताए । मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस” नगरप्रमुख गोपाल हमालका समर्थक हुन । नगरप्रमुख हमालले गरेका कामको प्रशंसा गर्ने भट्ट र खड्का नगरप्रमुखको आलोचना गर्ने ब्यक्तिका बिरुद्ध सामाजिक सञ्जालमा बचाउ गर्ने गर्दछन् ।