धनगढी, ६ पुस/राष्ट्रिय सभा चुनावको माघमा मतदान हुँदैछ। माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको बताए। सुदूरपश्चिम प्रदेशमा जम्मा मतभार ६१५३ रहेको छ। सुदूरपश्चिममा १७६ स्थानीय तहका जनप्रतिनिधि छन्। उनीहरुको ३३४४ जम्मा मतभार हुन्छ। स्थानीय तहका एक पदाधिकारीको मतभार १९ हुन्छ। सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्यहरू छन्। उनीहरुको जम्मा मतभार २८०९ हुन्छ।
आयोगले प्रत्येक प्रदेशमा एकरएक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुईरदुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको छ। जसमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।