गजल
जानाजान या त अन्जानमा कोही मुस्कुराउँदै थियो ,
विदारक दृश्य हेरी श्मशानमा कोही मुस्कुराउँदै थियो ।
सेल्फी खिचेर देखाइदिएछ, आफ्नो मर्यादाको स्तर,
अट्टाहस रोकी कसैको कानमा कोही मुस्कुराउँदै थियो ।
विघ्न रमायो दुष्ट भ्रमर, अस्तित्व नै नामेट पारेर,
कठै भर्खर भर्खर उद्यानमा कोही मुस्कुराउँदै थियो ।
तुच्छ रहेछ सोचाइको परिधि,कसैको खुसी मेटेर,
संसारै जितेसरिको भानमा कोही मुस्कुराउँदै थियो ।
आमा बेहद छट्पटीले ईश्वर ईश्वर अलाप्दै थिइन् ,
बडो अदबका साथ सिरानमा कोही मुस्कुराउँदै थियो ।
✍️पार्वती भट्ट प्रेमाश्रु
