अछाम, ५ पुस/अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण बुधवार साँझ निधन भएको छ ।
हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्याईएका कडायतलाई अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
साँफेबगर नगरपालिका ८ निवासी कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए । लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए ।
कडायतको आज बिहीबार अन्त्येष्टि गरिने छ । कडायतको मृत्युको शोकमा अछाम भरीका बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।
