लवदेव धामी
धनगढी, २६ मंसिर/ बैतडीको सिगास २ घर भएकी ९ बर्षिया रजनी ब्लड क्यान्सरसँग लडिरहेकी छन्। चारै तिर सहयोग अपिल गरे पछि बैतडी दशरथचन्द नगरपालिका २ घर भई हाल कैलाली बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र सङ्काय दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी, सामजिक अभियान्ता प्रकाश लावडले आफ्नो नेतृत्वमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकको सहयोगमा रु ८८८५ सहयोग रकम सङ्कलन गरेका छन्।
सेवा गर्नु मानवको दायित्व र मानवताको प्रतिक भएकाले आफूले सक्ने पहल गरेको हुँ । मलाई यो कार्यमा सहयोग गर्ने साथीहरु र प्राध्यापक सबैलाई धन्यावाद समेत दिन चाहान्छु। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको सामाजिक अभियन्ता लावडले बताए।
९ बर्षको कलिलो उमेरमै ब्लड क्यान्सरको सिकार हुनबाट बच्न रजनी हरपल क्यान्सर संग लडिरहेकी छिन्। बिगत एक महिना देखि उनको उपचारकै क्रममा भारतमा आफु संग भएको पाँच लाख जति पैसा सबै सकिएको उनका बुबा बिजय भूलले बताएका छन।
डाक्टरको सल्लाह अनुरुप छोरीको उपचार लामो समयसम्म चल्ने भएकाले आफूसंग भएको पैसा सबै सकिदा उपचारमा आर्थिक समस्या देखा परेकाले छोरीको ज्यान बचाउन आफुले सक्ने आर्थिक सहयोग गरि रजनीको उपचारमा सहयोग गरिदिन सबै सहयोगी मनहरुलाई अनुरोध गरेका छन्।
धन कमाउन परिवार सहित प्रदेशीएका विजयकी छोरी लाई क्यान्सरले सताएको छ । भाग्यले नै ठगेका गरिब लाई प्रगति गर्न भगवानले भनौकि भाग्यले साथ नदिदा बिजय लाई छोरी बचाउन हम्मेहम्मे परिरहेको छ । त्यैसैले आफुले सक्ने जति आर्थिक सहयोग गरेर छोरी बचाइदिन अपिल गरेका छन्।