धनगढी २४ मंसिर/धनगढी जेसिज २०२४ को अध्यक्षमा अरुण सिंह निर्वाचित भएका छन् ।शनिबार भएको ४१ औ अधिवेशनमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।
जेसिजको कार्यकारी उपाध्यक्षमा आशिस शाह र तर्कराज भट्ट, महासचिवमा हरि जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् । यस्तै अधिवेशनले चन्द्रकान्त पनेरुलाई कानुनी सल्लाहकारमा निर्वाचित गरेको छ । उपाध्यक्षमा टेकराज अवस्थी,
लक्ष्मण फुडसीला, जनक बोहरा र देबराज अबस्थी चयन भएका हुन् ।