धनगढी, २२ मंसिर/सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल वेहडाबाबामा प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले दर्शन तथा अबलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दर्शन अवलोकन पछि बेहडाबाबा मन्दिरलाई प्रर्यटकीय क्षेत्र घोषणा गर्ने प्रतिबद्धता गरेका छन् । उनले मन्दिरको निर्माणको लागि पूर्णरुपमा पहल गर्ने बताएका छन् । वेहडाबाबा मन्दिरलाई विश्व सम्पदा सुचिमा पार्नको सहयोग गर्ने बताएका छन् ।
उनले भने “बेहडाबाबा मन्दिर पुरातत्व विभागमा दर्ता भइसकेको छ । थप बिकासका लागी पहल गर्नैछों ।’ वेहडाबाबा मन्दिरमा प्रधानमन्त्रीलाई दर्शन गराउन पाउदा खुशी लागेको मन्दिरका अध्यक्ष पदम बहादुर जोशीले बताए । मन्दिरको वस्तु स्थिती अवलोकन गराएका छौं । उक्त मन्दिरको अवलोकनमा सुदुरपश्चिम प्रदेश माओवादी संसदिय दलका नेता खगराज भट्ट, उद्योग वन वाताबरण तथा पर्यटन मन्त्री रमेश धामी समेतको सहभागिता रहेको मन्दिरका अध्यक्ष जोशीले बताए ।