धनगढी, १६ मंसिर/धनगढी उपमहानगरपालिकाका निर्वतमान मेयर नृपबहादुर वडले धनगढी उप–महानगरपालिकालाई प्राईभेट लिमिटेडको रुपमा चलाउन खोज्दा बेथिती बढेको बताएका छन् ।
धनगढीको लाईफ लाईन टेक्निकल कलेजले नयाँ विद्यार्थीको स्वागतमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । सालको पात बेच्ने, साईकल र ठेलामा तरकारी बेच्ने संग मोटो कर अशुली भैरहेको छ , एउटा कुखुरा बेच्दा ५० रुपियाँ नगरपालिकालाई छुट्टाउनुपर्छ पूर्व नगरप्रमुख वडले भने,‘त्यसैले नगरपालिका फाईदा कमाउने र कारोवार गर्ने प्राईभेट लिमिटेड होईन भनेर अहिलेको नेतृत्वले बुझ्नु पर्छ ।”
ठेला ब्यापारीबाट लिने कर दैनिक २० रुपियाँ बाट १ सय रुपियाँ पु¥याएको छ वडले भने, एकै पटक ३ सय प्रतिशत कर बढाउनु बैज्ञानीक हो कि होईन ।” कर बढाएको बिषय मिडियामा आएपछि पुरानै निर्णय भनेर गैर जिम्मेवार जवाफ दिने गरेको पनि पाईयो पूर्व नगरप्रमुख वडले भने, ‘ गलत भएको कुरा स्वीकार गर्न नसक्नु मुर्खता हो ।”
नगरप्रमुख वडले शैक्षिक शत्रको बिचमा आएर शिक्षक र विद्यालयको समायोजन गर्दा पठनपाठन बर्वाद भैरहेको बताए । उनले भने, ‘ नगरका ठूला योजना लथालिंग छन्, स्थानीय सरकार फुल लगाएको, बालपेन्टिङ गरेको,सर्प समातेको, कुकुरको बन्ध्याकरण गरेको कुरालाई भाडामा मान्छे प्रयोग गरेर उपलब्धी ठान्दै स्टन्टबाजी गरिरहेको छ ।” नगरप्रमुख वडले नगरप्रमुख हमालले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्न र कमजोरीका बारेमा पनि खुलेर लेख्न मिडियाकर्मी संग आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्याल, नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष टेकेन्द्र देउवा, नागरिक समाजका प्रतिनीधि प्रेम ढंगाना लगायतले प्राविधीक शिक्षाको महत्वको बिषयमा मन्तब्य राखेका थिए ।
भिडियो