• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उग्रतारा मन्दिर पुरानै शैलीमा निर्माण हुने : मन्त्री देउवा

डडेल्धुरा, १२ मंसिर/प्रदेश सरकारको पहलमा उग्रतारा मन्दिरलाई पुरानै शैलीमा निर्माण काम शुरु हुन थालेको सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले बताएका छन् ।

उग्रतारा दर्शन गर्न आएका मन्त्री देउवाले प्रदेश सरकारको पहलमा संघीय सरकार मार्फत क्रमागत योजना अन्र्तगत उग्रतारा मन्दिर पुर्न निर्माण शुरु हुन थालेको बताएका हुन् ।भ्रमणका क्रममा भौतिक पूर्वाधार मन्त्री देउवाले उग्रतारा मन्दिरको गुरु योजना अनुसार पुनः निर्माण गरिने बताएका छन् । उग्रतारा मन्दिर दर्शन गर्न पुगेका मन्त्री देउवाले मन्दिरको व्यवस्थापनका लागि पूर्वाधारहरुको विकाससँगै मन्दिरलाई प्यागोडा शैलीमा पुर्ननिर्माण समेत गरिने बताए ।

सबैको धार्मीक आस्थासंग जोडिएको उग्रतारा मन्दिरको बिकासका लागि आफु लागि पर्ने बताएका छन् । मन्त्री देउवाले मेला अबलोकन गर्नुको साथै स्थानीयसँग भलाकुसारी समेत गरेका छन् । ४ घण्टा जति मेलामा बिताएका उनले स्थानीयसँंग समग्र सुदूरपश्चिमको बिकासका बारेमा पनि छलफल गरेका छन् । आफु सानो छदाँ पनि मेला घुम्न आउने गरेको बताउदै मन्त्रीले डडेल्धुराको संस्कृतिसंग जोडिएको उग्रतारा मेलालाई थप ब्यवस्थीत गरि यहाँको धार्मिक महत्व झल्काउने काम गरि समग्र धार्मिक विकासमा थप टेवा पुग्ने बताएका छन् ।

मेला घुम्दा बाल्यकालको सम्झना आएको बताउदै मन्त्री देउवाले मन्त्री भएपछि उग्रतारा विकास गर्ने जिम्मेवारी बहन भएको महसुश गरेको छु । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मंगलबार मेला ‘देहिजात’ सम्पन्न समेत भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन हुने पूजाआजा सोमबार राति रतेडी र मंगलबार देहिजाँत भएको हो । मंगलबार बिहान उग्रतारा भगवतीको बिधिवत रुपमा पूजाआजा सम्पन्न भएपछि दिउँसोभर मेला लाग्ने गर्छ । उग्रताराका पुजारि पण्डित लोकराज भट्टका अनुसारअमरगढी नगरपालिकाका चार वटा गाउँबाट डोली सहित देउरो, पूजापोखल मन्दिरमा पुगाएर बिहान ४ बजेको समयमा बिधिवत रुपमा पूजाआजा गरिन्छ ।

मन्दिरको कंक्रिट हटाई पुरानो रुप दिन पुरातत्व विभागले १ करोड ६२ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिदैं उनले मन्दिर पुरानै शैलीमा निर्माण गरिने बताए । पुरातत्व विभागलाई बिना जानकारी उग्रतारा मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरे पछि पुरातत्व विभागले आफ्नो सम्पदा सुचिबाट हटाएको थियो ।

वि.सं. २०४१ सालमा पञ्चायति व्यवस्थाको सरकारले उग्रतारा मन्दिरलाई पुरातत्व विभाग सम्पदा सुचिमा र विश्व सम्पदा सूचीमा सुचिकृत भएको थियो । पछि कंक्रिट सहित निर्माण हुदाँ बिश्व सम्पदा सूचीबाट हटेको थियो । उग्रतारा मन्दिरको तस्बीर अंकित हुलाक टिकट समेत जारी गरेको थियो । पुरातत्व विभागकालई कुनै जानकारी नगराई मन्दिरमा कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरिए पछि वि.सं. २०५४ सालमा विभागले आफ्नो सम्पदा सुचिबाट हटाएको थियो ।

मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.