धनगढी,८ मंसिर/ बझाङमा जन्ती बोकेको सवार दुर्घटना भएको छ । आज शुक्रबार दिउँसो १ बजेर ४० मिनेटको समयमा छविसपाथीभेरा गाँउपालिकाबाट जन्ती बोकेर सुर्मा गाँउपालिका तर्फ आउदैं गरेको सुर्मा गाउँपालिका ४ का अन्दाजी ३० वर्षीया दिनेश बोहराले चलाएको सुपप्र ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो । जिपमा जम्मा १६ जना सवार रहेका थिए।
छविसपाथीभेरा गाँउपालिका वडा नं ५ खतेडामा आफैं एक्कासी अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवंम प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिनुभयो। जिप दुर्घटनामा परी घाइते हुनेमा सुर्मा गाँउपालिका वडा नम्बर ५ का ३० बर्षिया खगेन्द्र जेठारा र सोहि ठाँउका १७ बर्षिया समु बोहरा रहेको बताएका छन् ।
जेठाराको टाउकोमा चोट लागेर बेहोस अवस्थामा रहेका छन भने बोहराको हात र खुट्टामा चोट लागेको प्रहरीले बताउनुभयो । घाईतेहुनेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको जनाईएको छ । र अन्यको अवस्था सकुसल रहेको बताईएको छ