दार्चुला ७ मंसिर/दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका(३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बिहिबार दार्चुलाको दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना हुँदा ६जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। महाकाली नगरपालिका ५ मोहती बस्ने वर्ष ३३ कि रमिता भट्ट, महाकाली नगरपालिका काटै बस्ने वर्ष ७२ कि विरादेबी भट्ट,महाकाली नगरपालिका बुडिचौरा बस्ने वर्ष ६८ कि मानमतिदेवी बडू घाइते भएका छन्।