• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घोडाघोडीमा आगन्तुक चराको चहलपहल

धनगढी,५ मंसिर/कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँससहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा आइपुगेका हुन्।

जाडो छल्नका लागि कैलाली आइपुगेका यी चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रूपमा बसोबास गर्ने चराविद् जमुना न्युरेले बताईन् । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडीसहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन् । ती चराको बसोबास हिउँद अवधिभर यतै हुने गर्दछ”, उनले बताईन् ।

जाडो छल्न यहाँ आएका चरा सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइसराइ गरेर घोडाघोडी आइपुगेका छन् ।

हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन गर्ने ठुलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।

घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगतिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताइन्छ । कैलालीको घोडाघोडीमा ७० र भजनी नगरपालिकास्थित पुरैना तालमा ७४ प्रजातिको जलपन्छी पाइएको अभिलेख छ ।

मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.