धनगढी, २७ कार्तिक/कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा जीपले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।आइतबार साँझ पौने आठ बजेतिर म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश डांगीका अनुसार धनगढी-कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई जिपले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने जिप र चालक बेलौरी प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी डांगीले बताए ।