धनगढी, २० कार्तिक/खोड्पे बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन् ।
धनगढीबाट बझाङ तर्फ आइरहेको कर्णाली रिभर साइड यातायात प्रालिको सुपप्र ०१००१ ख ३२७९ नम्बरको बस र बझाङबाट धनगढी तर्फ गइरहेको सुपप्र ०१००१ च ३६१३नम्बरको जीप आज वेलुका ४स्१५ बजे बाग्थला अस्थाइ चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मानविय क्षति भने भएको छैन । बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति भएको छ । दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोष्ट बाग्थलाले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ ।