काठमाडौं/ शुक्रबार राति गएको भूकम्पमा परेर १२८ जनाको मृत्युभएको छ । जसमा जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।५५ जना घाइते भएको प्रहरीले बताएको छ ।
भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको थियो ।भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते भएको बताईएको छ ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।