धनगढी, १५ कार्तिक/पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम विगत चार दिनदेखि प्रहरी थुनामा रहेको खुलेको छ ।मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो ।
जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित गणेश बिष्ट,नरेन्द्र बिष्ट,सुर्पमान स्याङ्तान,रोशन सिंह,शंकर प्रसाद आचार्य,टाइम मगर,सुरेन्द्र साउद र घनश्याम अधिकारी रहेका छन् ।
जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँका प्रवक्ता कुमोद ढुङ्गेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।