धनगढी, २५ असोज/सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटी सदस्यका लागि भएको मतदान सकिएको छ । अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति भएन ।
सहमति नभएका जिल्लाका लागी आज मतदान भएको हो ।६६५ मध्ये ५२७ मत खसेको छ । अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।
कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछामका केही भूगोल तथा केही खुल्ला तर्फ को लागी भएको निर्वाचनको परिणाम आज राती सम्म आउने जनाइएको छ । धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा मतदान भएको हो ।