लवदेब धामी
धनगढी, २३ असोज / पछिल्लो एक साता देखि पानी नपर्दा धनगढी सहरका मुख्य सडक देखि शाखा सडक धुलाम्मे भएका छन् । बर्खायाममा हिलो भएर सडकको छेउछाउमा जम्मा भएको माटो अब धुलोमा परिणत भएर सबैभन्दा बढि पैदल यात्रुलाई समस्या भएको पैदल यात्रा गरेर क्याम्पस जाँदै गरेकी कैलाली बहुमुखी क्याम्पसमा अध्ययन विद्यार्थी दिया अवस्थी र इन्द्रा भाटले बताउनुभयो।
सडकमा ठुला गाडीले आवत जावत गर्दा धुलो उडेर सडक छेउछाउमा ब्यापार गर्न पनि साह्रै समस्या भएको नेपाल राष्ट्र बैंक चोकको सडक छेउमै फलफुलको व्यापार गरिरहेकी व्यापारी सरीता जोशीले बताउनुभयो।
सडक निर्माण गर्दै गरेका निर्माण सामाग्री पनि सडकमै थुपार्दा ,ठुला सवारी द्रुत गतिमा गुडाउँदा सडकमा भएको धुलो उडेर विहान क्याम्पस आउने बेला चिटिक्क भएर आए पनि घर पुग्ने बेला सम्म साइकल मै यात्रा गर्दा पनि लुगामा धुलै धुलो हुन्छ । दिनको दिन लुगा धुन पनि सम्भव छैन। हामी विद्यार्थीलाई सडक धुल्लाम्मे हुँदा अरु भन्दा बढी हैरान गरेको कैलाली बहुमुखी क्याम्पसमै अध्ययनरत विद्यार्थी दशरथ धामीले बताउनुभयो।
यता व्यापारीको गुनासो एकातिर छ धनगढी उपमहानगरपालिकाको टोली आएर सफा शुद्ध बिक्रि गर भन्दै धुलो बसेको देख्यो कि फालिदिन्छन । गाडी तिव्र गतिमा गुडाउँदा निर्माणाधिन सडकका कारण र निर्माण भएको भए पनि कुनै निकायले पनि चासो नदिँदा सडकमा महिनौ देखि जम्मा भएको माटोले पानी पर्दा हिलो र पानी नपर्दा धुलो उडेर हाम्रो सफा बस्तु पनि फोहोर भएर जान्छ यसमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको धनगढी उपमहानगरपालिका कार्यालय नजिकै ब्यापार गरिरहेका व्यापारी कैलाश जोशीले बताउनुभयो ।
धनगढीको ६ लेन सडक केही सफा भए पनि बाँकी सडकले बल्ल तल्ल सडक पुगेका ग्रामीण भेगको सम्झना गराउँछ , सडक कालोपत्रे छन् तर बर्खायाममा हुने हिलो र सुख्खायाममा हुने धुलाम्मे सडक कच्ची नै भएको आभास हुने गरेको धनगढी ३ बोराडाँडीका बासिन्दा सामाजिक अभियान्ता विशाल भट्टले बताउनुभयो।