धनगढी, १५ असोज/देशभर डेंगुको महामारी चलेको छ । स्वास्थ्य कार्यालय मार्फत सरकारले डेंगु नियन्त्रण गर्न देशभर अभियाननै चलाएको छ । कैलालीको स्वास्थ्य कार्यालयले पनि जिल्लाका बिभिन्न स्वास्थ्य सम्बन्धी सरोकारवाला निकाय संग सहकार्य गरेर सरसफाई र डेंगु नियन्त्रण गर्न अभियान चलयाएको छ ।
स्वास्थ्य कार्यलय धनगढीले जिल्ला भरी अरुलाई सरसफाई र डेंगु नियन्त्रण गर्न अभियान चलएका बेला भने आफ्नै कार्यालय बरपर भने जथाभावी टुटेफुटेका सामाग्री, फोहोर, पुराना गाडी राखीएका छन् । जिल्ला भरी सरसफाई अभियान चलाएको स्वास्थ्य कार्यलय वरपर भने सरसफाइ गर्न सकेको छैन् । स्वास्थ्य कार्यलय कैलालीका प्रमुख लाल बहादुर धामीले उक्त सामाग्री सेती प्रादेशीक अस्पतालको रहेको भनेर पन्छिदै आएका छन् ।
अहिले देशभर डेंगु महामारीकै रुपमा फैलिएको छ । स्वास्थ्य कार्यलय धनगढीले बिभिन्न स्थानमा खाल्डाखुल्डी पुर्ने, पुराना गाडी र टायर हटाउने अभियान चलाएको बेला आफ्नै कार्यालय परिसरमा भएका पुराना सामग्री हटाउन सकेको छैन ।
‘कार्यालय परिसरमा सेती प्रदेशिक अस्पतालका सामग्री रहेका छन्’ स्वास्थ्य कार्यलय धनगढीका प्रमुख लालबहादुर धामीले भने– ‘फोहरहरु हटाउने पहल भैरहेको छ ।’ अरुलाई सरसफाई गर्नुपर्छ खाल्डाखुल्डी पुर्ने, पुराना गाडी र टायर हटाउने अभियान चलाउने आफै भने सरसफाईमा चाँसो नदेखिएको देखियो धनगढीबासी बताउछन् । स्वास्थ्य कार्यालयका प्रमुख भने सेती प्रादेशीक अस्पताललाई बारम्बार भन्दा पनि नमानेको बताएका छन् ।






