धनगढी, १२ असोज / नेपाली काँग्रेस गौरीगंगा नगरपालिका वडा न.६ को वडा कार्यसमितिको आयोजनामा शुक्रबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गौरीगंगा नगरपालिका वडा न। ६ को कठौती स्थित समैजी सामुदायिक बन उपभोक्ता समितिको सभाहलमा भएको कार्यक्रममा नेपाली काँग्रेस गौरीगंगा नगरपालिका वडा न।६ का वडा सभापति एवं वडा अध्यक्ष टेकबहादुर कुवँरको सभापतित्व एवं नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय मेघराज खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य सुरत बहादुर रावत ९डोटेली कान्छा०, नेपाली काँग्रेस कैलाली जिल्ला सचिव नृप बहादुर सुनार विशिष्ट अतिथि रहनु भएको थियो ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाली काँग्रेसका कैलाली जिल्ला सचिव नृपबहादुर सुनार, नेपाली काँग्रेसका युवा नेता प्रशिक्षक यज्ञनिधि कोइरालाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न.४ का पुर्ब सभापति दिनेश राज जोशी , नेपाली काँग्रेस कैलाली क्षेत्र न.४ का सचिब बिष्णु भाट ,नेपाली काँग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द ,नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सदस्य बिष्णु भक्त खैर, नेपाली काँग्रेसका पुर्ब वडा सभापति पुरन सिंह कडायत लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस गौरीगंगा -६ का वडा सहसचिव आशिष उपाध्यायले गर्नु भएको थियो भने नेपाली काँग्रेस गौरीगंगा ६ न. वडा निबर्तमान सभापति दानबहादुर कुवँरले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।