कैलाली, ३१ भदौ / कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ रामपुर शान्तिनगरमा खशी र बाख्रा चोरी भएको छ । रामपुर निबासी रत बहादुर विष्टको घरबाट गए राती चोरले चार वटा बाख्रा र एउटा खसी चोरी गरेको पिडित विष्टले जानकारी दिएका छन् । विष्टको बाख्रा खोर नै रित्तो पारेर बाख्रा चोरले चोरी गरेको छ।
गएराती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको र विहान मात्र आफुले थाहा पाएको पिडित विष्टले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजी कार्यजारी रहेको ईलाका प्रहरी कार्यालय बौनियाले बताएको छ ।