धनगढी, २९ भदौ/कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेला गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका–२ की ४२ वर्षीया बेलमती बुढाको गैंडाको आक्रमणबाट आज शुक्रवार बिहान मृत्यु भएको स्थानीयले जनाएका छन् ।
बुढासँगै गएका अन्य २ महिलाले भागेर ज्यान जोगाएका छन् । वन्यजन्तुको आक्रमणबाट महिलाको मृत्यु भएपछि संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीले चासो व्यक्त गरेका छन् ।
