काठमाडौं/ ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बिहिबार राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
