धनगढी, २८ भदौ/सुदूरपश्चिमाअञ्चल एसपीए क्याम्पसको स्वतन्त्र विद्यार्थी परिषदमा नेविसंघको प्यानल बिजयी भएको छ । अध्यक्षमा नेविसंघका उमेदावर कृष्ण पुजारा निर्वाचित भएका छन् । बुधबार भएको परिषदको मतदानबाट प्रतिद्वन्दी सुलभ थापालाई हराउदै नेविसंघको पुजाराको पुरै प्यानल बिजयी भएका हुन् । बिजयी पुजाराले २१४ मत पाएका हुन् भने थापाले १६३ मत प्रप्त गरेका थिए ।
उपाध्यक्ष भवन बिष्टले २०४ महिला उपाध्यक्ष आयुष्मा जोशी २०४ मत, सचिव निशान्त बमले २३० मत, सहसचिव निरकमल उपाध्याय २३० मत र कोषाध्यक्ष हेम जोशीले २३० मत प्राप्त गरेका हुन् । त्यसैगरी ललित महतोले २२५ मत, योगेन्द्र चन्दले २२३ मत, गायत्री जोशीले २२३ मत, नविन रानाले २१७ मत, प्रतिमा शाहीले २२० मत, कबिराज खत्रीले २३५ मत प्राप्त गरी बिजय भएका छन् ।
परिषदको निर्वाचनमा नेवि संघले खडा गरेका उमेदवारहरु पुरै पुजाराकै प्यानल बिजय भएको नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरले जानकारी दिए । कुल ८६९ मत रहेको बिद्यार्थी परिषदमा ५१७ मत खसेका थिए भने ४७ मत बदर भएका थिए ।