धनगढी, २६ भदौ / कैलालीमा झण्डै दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ५० हजार ५ सय मूल्य बराबरको चिनी, साडी, कुर्ती लगायतका सामान बरामद गरिएको छ ।
यस्तै गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी १५ हजार मूल्य बराबरको प्लाष्टिकका झिल्ली सोमवार साँझ बेवारिसे अवस्थामा बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख २९ हजार मुल्य बराबरको बिडी, साडी, कुर्ती, लेडिज सुट लगायतका सामानहरु पनि बरामद गरिएको छ ।
ती सामान बेवारिसे अवस्थामा मंगलबार बिहान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।