टेकबहादुर सोडारी
टीकापुर २५ भदौ/कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो ।
ना ५ ख ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुलाई टीकापुर अस्पताल उपचार भएको छ। स्कुल बस नहरमा खसेको बताउँदै इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।