महेन्द्रनगर, १८ भदौ / भारत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एकएक लाख दिने भएको छ।
एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई हौसला बढाउन एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए।