धनगढी १८ भाद्र/धनगढीमा मोर्निङ्ग वाक गरी रहेका एक जना स्कुटरले धनगढीको हसनपुरमा ठक्कर दिदा घाईते भएका छन् । सुपप्र ०१–०११प ९१०५ नम्बरको स्कुटरले सोमबार बिहान मोर्निङ्ग वाकका लागि निस्केका धनगढी ५ हसनपुरका जुद्ध चौधरीलाई ठोकेर घाईते बनाएको हो ।
सशस्त्र प्रहरीमा कार्यरत स्कुटर चालक पुनर्वासा ५ कञ्चनपुरबाट धनगढी ड्युटीमा आईरहेकी लक्ष्मी शाहले ठक्कर दिएकी हुन् । उनी पनि सामन्य घाईते भएकी छन् । घाईते चौधरीको भने निसर्ग हस्पिटलमा उपचार भैरहेको छ ।