• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकार बजेट कार्यान्वयनको शैली फेर्दैछौंः मन्त्री देउवा


डडेल्धुरा १७ भाद्र/ सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारले बजेट कार्यान्वयनको शैली फेरिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाल जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे मन्त्री देउवाले यस्तो बताएका हुन । ‘असारमा बजेट आउने र फागुनमा ठेक्कामा जाने परीपाटीको अन्त्य गर्नका लागि हामी सक्रिय छौं,’ मन्त्री देउवाले भने, ‘योजना छनोट र बजेट ल्याउने प्रक्रियादेखि नै हामीले पूरानो शैली परिवर्तन गरेका थियौं । अहिले बजेट कार्यान्वयनमा पनि फरक शैलीमा गर्दैछौं ।’

विगतमा योजना कार्यान्वयनमा ढिलाई हुने समस्या रहेको बताउँदै उनले समयमै योजना कार्यान्वयनका लागि प्रदेश सरकार र मातहतको कार्यालय लागिपरेको बताए ।

‘अहिलेको सरकारले कुनै पनि योजना झ्यालबाट ल्याएको छैन,’ उनले भने, ‘सबै तल्लो तहबाट आएका योजना प्रदेश सरकारको बजेटमा अटाएका हुन् । अब ती योजना समयमै कार्यान्यन हुन्छन् ।’

मन्त्री देउवाले अहिलेको प्रदेश सरकार जनताल महसुस गर्ने गरी काम गरिरहेको पनि दाबी गरे । लामो समयसम्म योजना अलपत्र पारेर राख्ने केही निर्माण व्यवसायीका कारण समस्या आएको बताउँदै मन्त्री देउवाले यसपटक भने निवेदन दिएकै भरमा म्याद थप नगर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेको बताए ।
मन्त्री देउवाले डडेल्धुरा जिल्लामा सधैँ राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या हुने गरेको बताए । ‘यो जिल्लामा सधै राम्रो बजेट आउँछ,’ उनले भने, ‘तर सधैँ बजेट फ्रिज जाने समस्या छ । यसमा कार्यान्वयन गर्ने कार्यालय र निर्माण व्यवसायी सबैभन्दा बढी दोषी छन् ।’
यस्तै मन्त्री देउवाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालय प्रमुखलाई समयमै योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन, यातायात व्यवस्था कार्यालय र पूर्वाधार विकास कार्यालयको गतिविधिबारे जानकारी लिँदै मन्त्री देउवाले चालू आर्थिक वर्षका योजना समयमै कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

आइतबार, भदौ १७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.