धनगढी, १५ भाद्र/नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावल काँग्रेसले गठान गरेको गैरसरकारी संस्था समन्वय विभागको केन्द्रीय संयोजकमा चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट महासमिती सदस्य रहेका डा. रावल सुदूरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् ।
भाद्र १५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागको प्रमुख मनोनित गरेका थिए । केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभागको प्रमुख तोकेका हुन् । मुख्यसचिव कृष्णचन्द्र पौडेलका अनुसार पुष्पा १५ जनालाई मनोनित गरेको पत्र पठाएको बताएका छन् ।
अरु को–को भए विभाग प्रमुख सूचीसहित ?
१. कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश समन्वय विभाग
२. पुष्पा भुसाल, महिला विभाग
३. चीनकाजी श्रेष्ठ, उद्योग तथा व्यापार विभाग
४. किरण यादव, तराई—मधेश समन्वय विभाग
५. योगेन्द्र चौधरी, थारु विभाग
६. गेहेन्द्र गिरी, ज्येष्ठ नागरिक समन्वय विभाग
७. आङ्गेलु शेर्पा, पर्यटन विभाग
८. डा. रणबहादुर रावल, गैरसरकारी संस्था समन्वय विभाग
९. दिलमान पाख्रिन, आदिवासी जनजाति विभाग
१०. प्रकाश रसाईली स्नेही, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११. रंगमती शाही, पिछडिएको क्षेत्र विभाग
१२. गुरु बराल, आपूर्ति तथा उपभोक्ता विभाग
१३. नानु बास्तोला, जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४. मदनकृष्ण श्रेष्ठ, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५. सीता थपलिया (उर्मिला), उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग
