धनगढी, ११ भाद्र/धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ। सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएको हो।
वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाई खर्च ब्यहोर्ने, मृतकको २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा संलग्न डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको आफन्त राजकुमार चौधरीले बताए। पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका थिए।