धनगढी ९ भाद्र/धनगढीमा अटो र मोटरसाइकल ठोक्किदा चार जना घाइते भएका छन् ।शनिबार बेलुका धनगढी रंगशाला नजिकै बाल्मिकी स्कुल अगाडि दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । अटोमा सवार २ जना र मोटरसाइकल चालकसहित पछाडी सवार समेतका दुई जना घाइते भएका हुन् । उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।