धनगढी, ६ भाद्र/ नेपाली काँग्रेस कैलालीको प्रबक्तामा जिल्ला सदस्य अत्तरियाका प्रेमराज भट्टलाई चयन गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) बमोजिम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य प्रेमराज भट्टलाई नेपाली काँग्रेस कैलालीको प्रवक्ता पदमा मनोनयन गरेको बताईएको छ ।
बुधबार नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारद्वारा पत्र जारी गर्दै जिल्ला सदस्य भट्टलाई नेपाली काँग्रेस पार्टी संगठनलाई थप सुदृढ गतिशिल एवं सुचना मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्न समेत निर्देशन दिएको छ ।