लवदेव धामी/धनगढी, ६ भाद्र, युवा रेडक्रस सर्कल कैलाली बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान तथा आँखा चेकजाँच शिबिर कार्यक्रम सम्पन्न भएको छ । बिहान ८ बजे बाट सुरुभइ ११ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।
विगतमा विभिन्न कार्यक्रम गर्दै आएको युवा रेडक्रस सर्कलले बुधबार (आज) आयोजना गरेको रक्तदान कार्यक्रममा ३०जनाले रगत दान गरेको र ६० जनाले आँखा जाँच गराएको कैलाली बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका अध्यक्ष महेन्द्र चन्दले बताए । रक्तदान, आँखा चेकजाँच शिबिर सँगै आमाको आश्रम छात्राबासमा फलफूल समेत वितरण गरेको जानकारी दिए ।
अध्यक्ष चन्दले अगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराउँदै आज रक्तदान गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।