काठमाण्डौ ६ भाद्र/बुधबार बिहान देशभर वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले दिएको जानकारीअनुसार अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘रातिदेखि नै देशभर पानी परिरहेको छ’, उनले भने, ‘अझै २र३ दिन यही क्रम जारी रहने सम्भावना छ।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
बुलेटिनअनुसार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।यसैबीच आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘अहिले पनि काठमाडौंमा पानी परिरहेको छ’, मौसमविद् लामिछानेले भने, ‘आज उपत्यकामा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ।’महाशाखाले आगामी २४ घण्टा ९बिहीबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।