धनगढी, ५ भाद्र/कैलालीको कैलारी गाँउपालिका अध्यक्ष राजसमज चौधरी मंगलबार दिउसो आफ्नै घरको आगनमा चिप्लिएर घाईते भएका छन् । पालिकाकै कामका लागि घरबाट निस्कीने समयमा हसुलिया आफ्नै घरको आगनमा लडेका हुन् । उनको दाँया हात भच्चिएको छ ।
धनगढीको नसर्ग अस्पतालमा सामान्य उपचार पछि अपरेसनका मंगलबार साझ नै काठमाण्डौ लगिएको उनी सगै गएका नेपाली काँग्रेस कैलालीका सचिव केशबराज मिश्रले जानकारी दिए । उनको कुममा चोट लागेका बताईएको छ ।