• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्य नेपाली टोलीको

काठमाडौं, ३० साउन / नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । आगामी भदौ १ गतेदेखि काठमाडौँमा महिला र पुरुषको एसिया यु–२० रग्बी सेभेन्स सुरु हुँदैछ ।

उक्त प्रतियोगिताका लागि पछिल्लो डेढ महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेका छन् । यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौँ फर्किए नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रङ्गशालामा अभ्यास गरिरहेका छन् ।

श्रीलङ्का र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन् । पुरुषतर्फ नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ । त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन् ।

महिलातर्फ भने राउण्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ । महिलातर्फ २२ प्रारम्भिक टोलीको पोखरामा डेढ महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । पुरुषतर्फ पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रस्तुत गर्दैछ । पुरुषतर्फ पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पुर्जाले श्रीलङ्काली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आउनुभएको छ ।

श्रीलङ्काली प्रशिक्षक विजेसिंघेले प्रतियोगिताका तयारीका लागि सङ्घले आवश्यक पक्षमा राम्रो काम गरेको र सोही अनुरूप खेलाडीले पनि मेहनत गरेकाले सुखद नतिजा ल्याउने बताउनुभयो ।

एसिया यु–१८ रग्बी सेभेन्स सफलतापूर्वक आयोजना गरेपछि नेपालसँग खुसी हुँदै एसिया रग्बीले दोस्रो ठुलो आयोजनाको जिम्मेवारी सुम्पिएको हो । विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेपछि नेपालले एसियाली रग्बीको ठुलो प्रतियोगिता नेपालमा आयोजना गर्दैछ । उक्त आयोजनालाई नतिजामुखी बनाउने नेपाली यु–२० पुरुष रग्बी टोलीका कप्तान रोहन डङ्गोलको विश्वास छ ।

दशरथ रङ्गशालामा नै भएको पछिल्लो यु–१८ संस्करण नेपाली महिला टोलीका लागि त्यति यादगार बन्न सकेको थिएन । छोटो र प्रभावकारी तयारी बिना नै पछिल्लो संस्करण खेलेको नेपाली महिला टोलीले यसपटक पर्याप्त समय पाएका छन् । त्यसैले पनि यसपटक एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको महिला यु–२० टोलीकी कप्तान प्रिया तामाङको विश्वास छ ।

उक्त प्रतियोगिताका लागि मङ्गलबारबाट विदेशी टोली नेपाल आएका छन् । प्रतियोगिताको आयोजनाको मिति नजिकिँदै गर्दा नेपालले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल रग्बी सङ्घको अध्यक्ष दीपक देवकोटाले पनि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।
लगातार एसियाको दुई ठुलो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै एसिया रग्बीमा आफ्नो छाप छोड्ने लक्ष्य नेपाल रग्बी सङ्घको छ । साथै पर्याप्त प्राविधिक जनशक्तिमा कमजोर नेपाल यस प्रतियोगिताबाट त्यसको अभाव केही मात्र पूर्ति गर्ने योजनामा पनि छ । नेपालमा हुने रग्बीको यो ठुलो प्रतियोगितालाई सदुपयोग गर्दै हामी दक्ष प्राविधिकको उत्पादनमा समेत ध्यान दिएर सङ्घले काम गरिरहेको नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो ।

यो आयोजना लगत्तै नेपाल रग्बी सङ्घ एसियाको अर्को कार्यक्रम नेपालमा भित्र्याउने योजनामा छ । तर त्यसका लागि यो आयोजनाबाट एसिया रग्बी प्रभाव पार्ने सङ्घको विश्वास छ । साथै प्रतियोगितालाई पनि नतिजामुखी बनाउने सङ्घका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

यो प्रतियोगितामा पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले प्रतिस्पर्धा गरेको छैन । यद्यपि, यूथको प्रतिस्पर्धामा बलियो मानिएको हङकङ उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्य बनाएको छ ।

मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.