बैतडी २ साउन/बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्युभएको छ। दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीका सुरेन चौधरीको मृत्यु भएको हो ।
सोमबार अपराह्न दशरथचन्द नगरपालिका – २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर ६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।