गजल
…
आगो सल्काएर मन गएको छ।
सबथोक बिर्सेर झन गएको छ।।
जिम्मेवारी टाउमा आउदा थुप्रै।
स्वतन्त्र बाट बचपन गएको छ।।
जहा जहाँ बिर्किती फैलियो।
हाव जसरी उतै धन गएको छ।
खेती पाकेपछि देख्छन सबैले।
कस्ले देख्छ जोवन गएको छ।
शान्ति प्रसाद जोशी ‘मुस्कान’
दोगडाकेदार १ बैतडी
हाल धनगढी