धनगढी २५ असार/सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउन तयारी थालेको छ । आइतबार नेपाली काँग्रेस संसदीय दलको बैठक बसेको थियो ।
सो बैठकमा असार २५ गते बजेटमाथिको छलफल अघि बढाउने तयारी छलफल भएको । मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्ष दलका नेताहरुलाई बजेटमाथि सहमति ल्याएपछि सोमबार प्रदेश सभा बैठक बस्ने भएको हो । प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता प्रकाशबहादुर बमले बजेटमाथिको निकास निकाल्न दलको बैठक आह्वान गरिएको थियो ।
उनले भने –‘सहमतिका लागि बैठक बसेको थियो ।प्रदेश सरकारले सोमबार प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरेको छ । यसका लागि सोमबार विहान कार्यपरामर्श समितिको बैठक बसाउने सरकारले तयारी गरेको छ ।