धनगढी,१६ असार/डडेल्धुरामा एक युवकको मृत्यु भएको छ ।डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो ।
जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ ।
