धनगढी, १४ असार/बिहीबार साँझ धनगढीमा वर्षा भइरहेको छ । लगातार टन्टलापुर घामको गर्मीले आहट भोगिरहेका धनगढीबासीका लागि यो वर्षाले ठुलो राहत प्रदान गरेको छ ।
देशका विभिन्न भागमा मनशुन सक्रिय भइसक्दा पनि यसअघि धनगढीमा बाक्लो मात्रामा पानी परेको थिएन । जसले गर्मी घटेको थिएन् । अबेर दिउँसोबाट सुरू भएको वर्षा अहिले निरन्तर भइरहेको छ ।



