धनगढी ४ असार/कैलालीको अत्तरियाबाट प्रहरीले विश्वविद्यालय संघर्ष समितिका तीन जना सदस्यलाई गिरफ्तार गरेको छ।गेटाबाट घर फर्कदै गर्दा तीनै जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वको टोलीले गिरफ्तार गरेको हो।
गेटाबाट घर फर्कदै गरेको अवस्थामा अत्तरिया बजारबाट विनोद बिष्ट, पुष्कर जोशी र सूर्य खत्रीलाई गिरफ्तार गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले बताए। संघर्ष समितिका सदस्यहरूको गिरफ्तारी विरुद्ध सशक्त आन्दोलन गरिने पाण्डेले बताएका छन्।
