धनगढी, ३ असार/ कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल गाडी दुर्घटनामा परेका छन् । नेपालगंजबाट फर्किने क्रममा बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटनामा परेको प्रहरीले जनाएकोक छ ।
जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको परेको बताईएको छ । बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको बताए । दुर्घटना भएपनि गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको उनले बताए