धनगढी ३२ जेठ/नेपाल ट्रेड युनियन सुदुरपचिम प्रदेशको अध्यक्षमा कैलालीका ज्ञानेन्द्र बहादुर शाही सर्वसम्मत चयन भयका छन् । कैलालीको खानिडाडामा हिजो मगलबार सम्पन्न प्रदेश भेलाले शाहिको अध्यक्षतामा ३२ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो ।
प्रदेशको सचीवमा गणेश बम मल्ल चयन भएका छन् । ट्रेड युनियनको बिधान अनुसार तोकिएका चार उपाध्यक्षमा खुल्ला तर्फ गोबिनु शाह र पुस्पराज भण्डारी चयन भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा सुस्मा जोशी र उपाध्यक्ष सेवा तर्फ नर बहादुर कुवर सर्वसम्मत चयन भएका छन् । प्रदेश कमिटी कोसाअध्यक्षमा वीर बहादुर बिस्ट चयन भएका छन् ।