धनगढी, ३१ जेठ/ बैतडीको एक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ५ मा रहेको शारदा मावि ढुङ्गाडमा छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन प्रभावित बनेको हो ।
छात्राहरु बेहोस हुन थालेपछि दुई हप्ता देखि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मिन बहादुर चन्दले बताए । उनका अनुसार छात्राहरुमा रुने, कराउने र बेहोस हुने लक्षण देखा परेका छन् । प्रधानाध्यापक चन्दका अनुसार ४र५ वर्ष पहिले पनि एक चोटी विद्यार्थीहरुमा यस्तो समस्या देखिएको थियो ।
त्यो बेला केहि दिनमै ठिक भएपनि अहिले दुई हप्ता देखि विद्यार्थी रुने कराउने र बेहोस हुने क्रम रोकिएको छैन् । विहानको समयमा लाइनमा लागेका बेला र कक्षा कोठामा छात्राहरु बेहोस भएर ढल्ने गरेका छन् ।