धनगढी, १८ जेठ/कैलालीमा भैरहेको वन अतिक्रमण हटाउने अभियानमा फेकेफन कैलालीले सहयोग गर्ने भएको छ । कैलालीका डिभिजन वन कार्यालयले बिभिन्न क्षेत्रमा बन अतिक्रमण गरी बनाएका घरटहरा हटाउने अभियान चलाएको छ । उक्त अभियानलाई कैलालीका सामुदायिक वनको छाता संगठन फेकोफन कैलालीले सघाउने निर्णय गरेको हो ।
बिहिबार सामुदायिक वन उपभोक्ता महासघ (फेकोफन) को २८ औ स्थापना दिवस बिहिबार कैलालीको टीकापुरमा भएको भेलाले सो निर्णय गरेको फेकोफन प्रदेश महासघका सचिव डण्डीराज सुवेदीले जानकारी दिए । फेकोफन कैलालीको दोस्रो कार्यसमिति वैठकले सामुदायिक वन सरक्षण गर्नको लागी सबै स्थानिय तहमा स्थानिय सरकार र सामुदायिक वन उपभोक्ता समुह बिच भएका समस्याहरुमा छलफल चलाउने समेत निर्णय गरेको छ ।
साथै सामुदायिक वन उपभोक्ता महासघ (फेकोफन) को २८ औ स्थापना दिवस बिहिबार कैलालीको टीकापुरमा भेला गरी बिबिध कार्यक्रम गरी मनाईएको छ । टीकापुरको विपि निकुञ्ज सामुदायिक वनमा फेकोपन सुदुरपश्चिम प्रदेश महासंघ, जिल्ला महासघ, कैलाली र कैलाली जिल्लाका १३ वटै स्थानिय महासघको सयुक्त आयोजनामा २८ औ महासघ स्थापना दिवस सम्पन्न गरिएको छ ।
फेकोफन कैलालीका अध्यक्ष बिक्रम कुवँरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका वडा न ६ का अध्यक्ष तथा नगरपालिका का प्रवक्ता वलिराम चौधरी रहेका थिए । लम्कीचुहा कार्यपालिकाकी सदस्य कोकिला देवल, फेकोफन प्रदेश महासघका उपाध्यक्ष माया कुवँर, महासचिव कौशल्या बि.क, सचिव डण्डीराज सुवेदी लगाएतका वक्ताहरुले फेकोफनले नेपालको वन क्षेत्र संरक्षणमा महत्वपुर्ण भुमिका बिषयमा चर्चा गरेका र्थि । कार्यक्रममा जिल्ला महासघका पदाधिकारी र जिल्ला महासघका न्यायिक समिति सयोजक विनिता महर, प्रदेश महासघ लेखा तथा अनुगमन समिति सयोजक शेरबहादुर साउद, स्थानिय महासघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
फेकोफन कैलालीकी जिल्ला सचिव लक्ष्मी भण्डारीले कार्यक्रमको संचालन गरेकी हुन् भने स्वागत मन्तब्य बिपि निकुञ्ज सामुदायिक वनका अध्यक्ष शम्भु कडायत गरेका हुन् । जिल्ला महासघका वरिष्ठ उपाध्यक्ष कमल वटालाले उदेश्यमाथि प्रकाश परेको कार्यक्रमको धन्यवाद ज्ञापन टिकापुर नगर महासघका अध्यक्ष झनकराज तिमेलसैनाले व्यक्त गरेका थिए ।