धनगढी, १४ जेठ/राप्रपाको भातृ युवा संगठन राष्ट्रिय युवा मोर्चाको सुदूरपश्चिम प्रदेशको संयोजकमा कैलालीका सुभाष कुँवरलाई चयन गरेको छ ।
जेठ १० गते केन्द्रीय अध्यक्ष कैलाश कटवालले विधान बमोजिम कँवरलाई संगठनको सुदूरपश्चिमको संयोजक पदमा मनोनयन गरिएको बताएको छ । कुँवरलाई केन्द्रीय समितिबाट पत्र दिदै पार्टी र संगठनको वृहत्तर हितको लागि कार्य गर्न सुदूरपश्चिमको संयोजकमा मनोनय गरेको बताईएको छ ।