टीकापुरमा दुर्घटना भएको बस । तस्बिर : टेकबहादुर सोडारी,टीकापुर
टीकापुर १४ जेठ/कैलालीको जानकी गाउँपालिका वार्ड नं– १ दुर्गौली चोकमा बस दुर्घटना हुदा ११ जना घाईते भएका छन् । रिभर साईड यातायात प्रालिको ना ६ ख ८८३३ बस दुर्घटना भएको छ ।
छ जनाको टीकापुर अस्पालमा उपचार भैरहेको छ भने अन्य ५ जना सामान्य रहेको डा लालसिह टमटाले जानकारि दिए । बस धनगढीबाट टीकापुरतर्फ आउदै गर्दा दुर्घटना भएको तोरैयापुरका प्रहरी चौकीका इन्चार्ज लक्ष्मण कुँवरले जनाएका छन् ।
